ललितपुरमा चिरीबाबुको उम्मेदवारी
SamacharDesk | २०७९ बैशाख १२, सोमबार

गठबन्धनबाट भागवण्डा अनुसार ललितपुरमा कांग्रेले मेयर पदका लागि चिरिबाबु महर्जनलाई नै दोहो¥याएको छ । उनले आजै ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
त्यस्तै उपमेयरमा नेकपा ९माओवादी केन्द्र०बाट बाबुराजा ब्रजाचार्यले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर मेयरमा निर्वाचित महर्जन फेरि दोहोरिन खोजेका हुन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग उनले महानगरपालिकामा गर्नुपर्ने कामहरू अझै रहेकाले आफूलाई निर्वाचित गराउन आग्रह गरे ।
त्यस्तै ललितपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)बाट हरिकृष्ण ब्यन्जनकार र उपप्रमुखमा अन्जली शाक्यले उम्मेदवारी दिनुभएको छ । ललितपुर महानगरपालिकाको प्रमुख पदमा ११ जनाको उम्मेदवारी परेको छ । ललितपुर महानगरपालिकाका उपप्रमुख पदमा सात जनाको उम्मेदवारी परेको ललितपुर महानगरका सहायक निर्वाचन अधिकृत विष्णु पाण्डेले जानकारी दिनुभयो ।
Categorized in राजनीति