arin enterprises

जेठदेखि सातामा दुई दिन विदा

SamacharDesk | २०७९ बैशाख १४, बुधबार

पेट्रोलिय पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले सरकारले सातामा दुई दिने विदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको हो ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता कार्कीले शनिबार र आइतबार दुई दिन सार्वजनिक दिने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी जेठ १ गतेदेखि लागू हुने गरी साताको ५ दिन मात्र सरकारी कार्यालय खुल्ने जनाउनुभयो । तर कार्यालयको समय भने बिहान ९:३० बजेदेखि र साँझ ५:३० बजेसम्म रहने जानकारी दिनुभयो । मन्त्री कार्कीले यो निर्णयबारे विस्तृत रुपमा बताइसक्नुभएको छैन र यो परीक्षणको रुपमा बिदा दिने निर्णय भएको हो ।

Categorized in राष्ट्रिय