भिल्लारियल माथि लिभरपुल विजय
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख १५, बिहिबार

युरोपियन च्याम्पियनस लिग सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ ।
गएराति लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २–० गोलले पराजित गरेको हो ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो थियो ।
५३ औं मिनेटमा इस्टुपिनानको आत्मघाती गोलबाट लिरभपुलले अग्रता लियो । ५५ औं मिनेटमा साडियो मानेले लिभरपुलको अग्रता दोब्बर पारे ।
यो जितसँगै लिभरपुलले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यस्तै भिल्लालाई फाइनल पुग्न कम्तीमा ३–० नतिजाकोे आवश्यकता भएको छ ।
दुई टोलीबीचको दोस्रो लेग आगामी मे ४ मा भिल्लाको मैदानमा हुनेछ ।
Categorized in स्पाेर्ट्स