उम्मेदवारी फिर्ता आज साँझसम्म
SamacharDesk | २०७९ बैशाख १६, शुक्रबार

स्थानीय तह निर्वाचनको गत ११ र १२ गते मनोनयन दर्ता गरेको उम्मेदवारहरुलाई । आफ्नो मनोनयन फिर्ता लिन आज दिनभरको समय दिएको छ । स्थानीय तह निर्वाचनका लागि एक लाख ५३ हजार भन्दा बढीले उमेदवारी दर्ता गराएका थिए ।
उनहिरुलाई आयोगले आज साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने तयारी पनि गरेको छ । उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले हिजो साँझ उम्मेदवारहरुको नामावली प्रकाशन गरेको थियो ।
आज उमेदवारी फिर्ता लिन चाहनेले आफ्नो नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आज प्रकाशित भएको नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिने छन् । भोली उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।
Categorized in राष्ट्रिय