arin enterprises

ललितपुर महानगरपालिका ५ मा बिकाशमान श्रेष्ठ निर्वाचित

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७९ जेठ ३, मंगलबार

ललितपुर महानगरपालिका वडा नं ५ मा नेकपा एमालेका बिकाशमान श्रेष्ठ नै फेरी निर्वाचित भएका छन् ।उक्त वडामा श्रेष्ठसहित नेकपा एमालेको पुरै प्यानल विजयी भएको हो ।

एक हजार ७९ मतसहित श्रेष्ठ वडाध्यक्षमा निर्वाचित  हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार सन्जीव पाण्डले पाँच सय ९२ मत प्राप्त गरे ।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि यस वडामा नेकपा एमालेबाट श्रेष्ठ नै निर्वाचित भएका थिए ।

खुल्ला सदस्यमा नेकपा एमालेकै पुनम निरौला ९५९ मत र अशोक कुमार श्रेष्ठ ८८४ मत पाउँदै निर्वाचित भए । 

महिला वडा सदस्यमा पनि नेकपा एमालेकै शोभा देवी प्रधान (श्रेष्ठ) एक हजार ९ मतसहित विजयी भइन् ।

यस्तै दलित महिला सदस्यमा विजयी भएकी मञ्जु रिजालले ९६९ मत ल्याइन्  ।

Categorized in स्थानीय