arin enterprises

ललितपुर महानगरपालिका वडा नं ८ मा बाबु रत्न महर्जन निर्वाचित

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ ४, बुधबार

ललितपुर महानगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ । उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार बाबु रत्न महर्जन वडाध्यक्षमा निर्वाचित भएको हो ।

महर्जन एक हजार ५१६ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार राजमान महर्जनले १ हजार २२२ मत प्राप्त गरे ।

खुल्ला वडा सदस्यमा नेपाली कांग्रेसकै पुनाल महर्जनले एक हजार ६४१ र बिमला महर्जन एक हजार ५४३ मत सहित निर्वाचित भए ।

महिला वडा सदस्यमा पनि सदस्य नेपाली कांग्रेसका लक्ष्मी महर्जन एक हजार ७३३ मतसहित विजयी भइन् । 

Categorized in स्थानीय