arin enterprises

आजको सूर्यग्रहण दुर्लभ खालको

SamacharDesk – श्रोत : बिबिसि | २०७६ पौष १०, बिहिबार

बिहीवारको सूर्यग्रहण नेपालबाट पूर्ण रूपमा नदेखिने खगोलशास्त्रीहरूले बताएका छन् ।

खगोलशास्त्रीहरुका अनुसार विहिबारको खण्डग्रास सूर्यग्रहण नेपालबाट आंशिक रूपमा मात्र देखिनेछ ।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जर्भेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार बिहीवारको सूर्यग्रहण बिहान ८ः४३ बजे काठमाण्डूबाट देखिनेछ ।

महेन्द्रनगरबाट ८ः३३ बजे र ८ः४८ बजे भद्रपुरबाट सूर्यग्रहण देखिनेछ ।

विहानको ११ः३३ बजे काठमाडौंमा सूर्यग्रहण सकिनेछ ।

निर्देशक डा. शर्माका अनुसार यो सूर्यग्रहणमा सुर्य चुराजस्तो हुन्छ । यसमा बीचमा केही देखिँदैन र सुनको बालाजस्तो देखिन्छ ।

सूर्यग्रहणलाई खुला आँखाले हेर्न नहुने खगोलशास्त्रीहरुको सुझाव रहेको छ । ग्रहणलाई सीधै हेर्दा आँखाको कोर्नियामा असर पर्ने र आँखा सधैँका लागि बिग्रिने उहाँहरुको भनाई छ ।

वैज्ञानिकहरूले बताएका विशेष खालका उपकरण वा चस्मा प्रयोग गरेर मात्र हेर्नुहुन्छ ।

Categorized in राष्ट्रिय