arin enterprises

कामपा २४ वडामा काँग्रेस विजयी

SamacharDesk – बिराज | २०७९ जेठ ८, आइतबार

काठमाडौं महानगरपालिका २४ वडामा नेपाली काँग्रेसले जित्दा नेकपा (एमाले) एक वडा सदस्यमा सिमित भएको छ ।

वडाध्यक्ष पदमा नेपाली काँग्रेसका विनोद कुमार राजभण्डारीले जितेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार सुजन विलास बज्राचार्यले ९२४ मत प्राप्त गरे ।

यस वडामा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले) बाट बालकृष्ण महर्जनले जितेका थिए । वडाका नितर्वतमान अध्यक्ष उनै महर्जन यस पालि भने नेकपा (एस) बाट चुनावी मैदानमा उत्रेका थिए । महर्जनले भने ६७१ मत पाए ।

वडा सदस्य पदका लागि भने नेकपा (एमाले) र नेपाली काँग्रेस दुवै पार्टीले एक एक सीट पाएको छ । नेकपा एमालेका उम्मेदवार रत्नाकर बज्राचार्य एक हजार १३ मतसहित निर्वाचित हुँदा नेपाली काँग्रेसका कृष्णमान सिंह ९७३ मत पाउँदै वडा सदस्य चुनिए ।

नेपाली काँग्रेसकी सुनिता महर्जन एक हजार १६६ मतसहित महिला सदस्य निर्वाचित भइन् ।

Categorized in स्थानीय