arin enterprises

कामपा २३ मा मचाराजा मर्हजन विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ ९, सोमबार

काठमाडौ महानगरपालिका (कामपा) वडा नम्बर २३ मा नेकपा एमालेका उम्मेदवार मचाराजा मर्हजन विजयी भएका छन् ।

महर्जन एक हजार १६१ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार उत्तमरत्न मानन्धरले ९२९ मत प्राप्त गरे ।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि यस वडामा नेकपा एमालेबाट मचाराजा नै निर्वाचित भएका थिए ।

खुल्ला वडा सदस्यमा भने नेपाली काँग्रेसका गोपाल नापित र सुरेश मानन्धर निर्वाचित भए । नापितले एक हजार ६५ मत पाउँदा मानन्धरले ८५३ मत पाएका थिए ।

महिला वडा सदस्यमा नेकपा एमालेकै रसला तण्डुकार ७५९ मतसहित विजयी हुँदा दलित महिला सदस्यमा कन्चना नेपाली (हरिजन) निर्विरोध निर्वाचित भइन् ।

Categorized in स्थानीय