arin enterprises

कामपा १२ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ ९, सोमबार

काठमाडौं महानगरपालिका (कामपा) वडा नम्बर १२ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । वडाध्यक्ष पदमा बालकृष्ण महर्जन निर्वाचित भएका छन् ।

आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मदेवार विकाश डंगोललाई एक हजार १६९ मतान्तर हराउँदै महर्जन निर्वाचित भएका हुन् ।

महर्जनले दुई हजार २१७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार डंगोलले एक हजार ४८ मत पाएका थिए ।

खुल्ला सदस्य पदमा पुष्परत्न प्रजापती र श्यामकृष्ण खड्गी चुनिएका छन् । प्रजापतीले दुई हजार २९ मत पाउँदा खड्गीले एक हजार ८२१ मत पाए ।

नानीहेरा डंगोल दुई हजार २६८ मत पाउँदै महिला सदस्य चुनिँदा दलित महिला सदस्यमा दुई हजार १५६ मतसहित मुना गहतराज रामदाम निर्वाचित भएकी छन् ।

Categorized in स्थानीय