arin enterprises

कामपा २२ मा चिनीकाजी विजयी

SamacharDesk – बिराज | २०७९ जेठ १०, मंगलबार

काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड क्षेत्र रहेको काठमाडौं महानगरपालिका वडा नम्बर २२ मा नेकपा (एमाले) ले वडाध्यक्ष एउटा पद जित्दा अरु पदमा नेपाली काँग्रेस निर्वाचित भएको छ ।

वडा नम्बर २२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मदेवार चिनीकाजी महर्जन निर्वाचित भएका छन् । महर्जन दुई हजार ६० मत पाउँदै निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार शालिग्राम तण्डुकारले एक हजार ४७८ मत प्राप्त गरे ।

खुल्ला वडा सदस्यमा नेपाली काग्रेसका उम्मेदवारद्वय चन्द्रमान तुलाधर र अनिल हाडा निर्वाचित भए । तुलाधरले एक हजार ८५९ मत पाए भने हाडाले एक हजार ७३६ मत प्राप्त गरे ।

नेपाली काँग्रेसकै ललिता खड्गी एक हजार ५९६ मतसहित महिला सदस्य चुनिन् ।

दलित महिला सदस्यमा भने नेकपा (एमाले) की गीता परियार यस अघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।

Categorized in स्थानीय