ललितपुर महानगरमा फेरी चिरिबाबुकै नेतृत्व
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ १०, मंगलबार

ललितपुर महानगरपालिका प्रमुखमा फेरी चिरिबाबु महर्जन नै निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका मेयर उम्मेदवार महर्जन ४२ हजार ७२२ मत प्राप्त गर्दै ललितपुर महानगर प्रमुखका लागि निर्वाचित भएका हुन् ।
महर्जनले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का हरिकृष्ण व्यन्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गर्दै फेरी एक पटक ललितपुर महानगर प्रमुख बन्न सफल भएका हुन् । व्यन्जनकारले जम्मा २४ हजार ५६० मत प्राप्त गरे ।
२०७४ सालको स्थानीय निर्वाचनमा पनि ललितपुर महानगर प्रमुख पदमा महर्जन नै निर्वाचित भएका थिए ।
ललितपुर महानगर उपप्रमुख पदमा भने नेकपा (एमाले) ले विजय प्राप्त गरेको छ । महानगर उपप्रमुख पदमा नेकपा (एमाले) की मन्जली शाक्य निर्वाचित भइन् ।
निकटतम प्रतिद्वन्दी गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मदेवार बाबुराज बज्राचार्यलाई ६ हजार ३३२ मतान्तरले पछि पार्दै शाक्य बज्राचार्य निर्वाचित भएकी हुन् ।
ललितपुर महानगर उपप्रमुख पदमा निर्वाचित शाक्य बज्राचार्यले २५ हजार ८४ मत पाउँदा नेकपा (माओवादी केन्द्र) का बाबुराजले १८ हजार ७५२ मत प्राप्त गरे ।
Categorized in स्थानीय