arin enterprises

प्रधानमन्त्री देउवा र महानगर प्रमुख शाहबीच भेटवार्ता

SamacharDesk | २०७९ जेठ १८, बुधबार

प्रधानमन्त्री शेरबहादुर देउवा र नवनिर्वाचित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटघात भएको छ । 

सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाले गरेका राम्रा काममा सरकारको साथ र सहयोग रहने बताउनुभएको छ। 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ सहयोग रहने विश्वास दिलाउनुभएको छ।

‘महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाले भने ।

भेटमा प्रधानमन्त्री देउवाले  महानगर प्रमुखमा विजयी हुनुभएकोमा शाहलाई बधाई दिनुभएको छ। प्रधानमन्त्रीसँगको भेटमा महानगर प्रमुख शाहले आफूले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ।

Categorized in राष्ट्रिय
SKIP THIS tihar2082