arin enterprises

कतार विश्वकपमा सहभागी हुने ३२ देशको टुंगो लाग्यो

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ आषाढ २, बिहिबार

कतार हुने फिफा विश्वकप २०२२ मा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागेको छ ।

मंगलबार राति कोस्टारिकाले न्युजिल्याण्डलाई १–० ले हराउँदै विश्वकपमा स्थान बनाएसँगै ३२ टोलीको टुंगो लागेको हो ।

कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ भने उद्घाटन खेल बायत स्टेडियममा आयोजक टोली र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।

फिफाले विश्वकप समूह विभाजन ’ड्र’ ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर यस अघि नै सार्वजनिक गरिसकेको छ ।

कतार विश्वकप समूह विभाजन ‘ड्र’

समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स

समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया,अष्ट्रेलिया

समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका

समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

समूह जी – ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन

समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

 

Categorized in स्पाेर्ट्स