आयल निगमले फेरि भाउ वृद्धि गर्यो
SamacharDesk | २०७९ आषाढ ६, सोमबार

गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैंया तथा डिजेल र मट्टीतेलमा २७ रुपैंया बढाएको छ । अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ । यसैगरि डिजेल र मट्टितेलको मूल्य १ सय ९२ रुपैंया कायम भएको छ ।
हवाई इन्धनको मूल्य आन्तरिकतर्फ रु १९ ले वृद्धि गरी प्रतिलिटर १८५ रुपैंया तथा बाह्यतर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर १६ सय ४५ डलर कायम गरिएको छ ।
निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको छ । मूल्यबृद्धी गर्दापनि निगमलाई घाटा हुने दावी पनि गरिएको छ ।
Categorized in बिजनेस