युरोकप महिला फुटबल आजदेखि सुरु
SamacharDesk | २०७९ आषाढ २२, बुधबार

युरोकप महिला फुटबल च्याम्पियनसिप आजबाट इंग्ल्याण्डमा सुरु हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा आज बेलुकी आयोजक इंग्ल्याण्डले अष्ट्रियाको सामना गर्नेछ । यस पटकको युरोकप महिला फुटबल ऐतिहासिक हुने आयोजकको दावी छ ।
आयोजकका अनुसार यस संस्करणको युरोकपको लागि ५ लाखभन्दा बढी टिकट बिकिसकेको छ । यो संख्या सन् २०१७ मा नेदरल्याण्ड्समा भएको युरोकपको दर्शक संख्या भन्दा झण्डै दोब्बर हो ।
३१ जुलाइमा हुने फाइनल खेलको सबै टिकट बिक्री भइसकेको बताइएको छ । युरोकप फुटबलमा यसपटक १६ टोली सहभागि छन् ।
समुह ‘ए’ मा आयोजक इंग्ल्याण्डसँगै अष्ट्रिया, नर्वे र नर्दन आयरल्याण्ड, समुह ‘बी’ मा जर्मनी, डेनमार्क, स्पेन र फिनल्याण्ड, समुह ‘सी’ मा नेदरल्याण्ड्स, स्विडेन, स्विट्जरल्याण्ड र पोर्चुगल तथा समुह ‘डी’ मा फ्रान्स, इटाली, बेल्जीयम र आइसल्याण्ड रहेका छन् ।
युरोकप महिला फुटबलमा ८ उपाधिसहित जर्मनी अहिलेसम्मको सबैभन्दा सफल टोली हो । नर्वेले दुई पटक उपाधि जितेको छ भने स्विडने र नेदरल्याण्ड्सले एक एक पटक उपाधि उचालेका छन्
Categorized in स्पाेर्ट्स