arin enterprises

अछाममा पहिरोले एकै घरका तीन जनाको मृत्यु

SamacharDesk | २०७९ श्रावण ९, सोमबार

अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएराती पहिरोले घर पुर्दा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्ट रहेका छन् । ६५ वर्षीया नैना विष्ट घाइते भएकी छन् ।

पहिरोमा पुरिएर केही चौपाया पनि मरेका छन् । घाइते नैनालाई उपचारका लागि स्थानीय अस्पताल लगिएको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।

यसैबीच हिजो पाल्पाको रिब्दीकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ ।

बाग्लुङको बुर्तिवाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा तीन पुरुष र तीन महिलाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–४ का ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह ७ की दिलकुमारी कामी, कपिलवस्तु वाणगंगा–२ का ४५ वर्षीय यमबहादुर सोमै, नवलपरासी वर्दघाटकी २४ वर्षीया पूर्णिमा कामी र बागलुङ बडिगाडकी ५५ वर्षीया ओमकला थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Categorized in समाज