arin enterprises

निर्वाचनको सम्पूर्ण नतिजा आयो, आयोग समानुपातिकको सिट बाँडफाँड गर्दै

SamacharDesk – Ram Dangol | २०७९ मङ्सिर २१, बुधबार

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको हो ।

आयोगका अनुसार कुल एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ ।

निर्वाचन आयोगबाट प्राप्त तथ्यांकअनुसार नेपाली कांग्रेस ठूलो दल बनेको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र र लोकतान्त्रिक समाजवादी पार्टीले जनमत सुरक्षित गरी आगामी राजनीतिको यात्रा तय गरेका छन् ।

यसैगरी नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी सहित पाँच स्वतन्त्र जनप्रतिनिधिले संसदमा प्रवेश पाउने छन् । आयोगका अनुसार कांग्रेसले प्रत्यक्षतर्पm ५७ सिट र समानुपातिकबाट ३२ सिट गरी ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ ।

त्यस्तै प्रत्यक्षतर्पmबाट ४४ सिट जितेको नेकपा एमाले समानुपातिक मतबाट ३४ सिट गरी ७८ सिटसहित दोस्रो ठूलो दल बनेको छ । माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो दल बनेको छ । प्रत्यक्षतर्फ उसले १८ सिट जितेको छ भने समानुपातिकबाट १४ सिट पाउनेछ ।

दुबै जोड्दा उसको ३२ सिट पुग्छ । यो चुनावमा उदाएको रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्दा समानुपातिकतर्फ १३ सिट गरी २० सिट सहित संसदमा प्रवेश पाएको छ । त्यस्तै राप्रपाको ७ प्रत्यक्षतर्पm र ७ सिटै समानुपातिकतर्पm गरी १४ सिट जितेको छ भने जसपाले प्रत्यक्षतर्पm ७ तथा समानुपातिकबाट ५ सिट गरी १२ सिट प्राप्त गरेको छ ।

जनमत पार्टीले प्रत्यक्षतर्पm १ स्थान जितेको छ भने उसले समानुपातिकतर्पmबाट ५ सिट पाउने संभावना छ । निर्वाचन आयोगको तथ्यांक अनुसार समानुपातिकमा नेकपा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४ मत पाएको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ । जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ । जनमत पार्टीले तीन लाख ९४ हजार ५६६ मत पाएको छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ ।

बाँकी दलले एकलाख भन्दा कम मत पाएका छन् । आयोगले सदर मत अनुसार थ्रेसहोल्ड कटाएका कुन कुन दलले कति कति सिट प्राप्त गर्छन भन्ने घोषणा गर्ने छ ।

यता प्रतिनिधिसभामा प्रत्यक्षमा जितेका नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र नेमकिपाले भने थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिकतर्फको सिट पाउने छैनन् ।

आयोगले सिट घोषणा गरेपछि दलहरुले बन्द सूचिमा समावेश भएका नामबाट समावेशी प्रतिनिधित्वको सिद्धान्त अनुसार सांसद तोक्नेछन् ।

दलहरुले तोकेका नामहरु समावेशी सिद्धान्त अनुसार भए नभएको रुजु गरेपछि आयोगले निर्वाचनको प्रतिवेदन तयार पारेर राष्ट्रपति समक्ष बुझाउने छ ।

Categorized in राष्ट्रिय