बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प
SamacharDesk | २०७९ फाल्गुण १०, बुधबार

सुदूरपश्चिम प्रदेशको बाजुरामा बुधबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।
जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । हिमाली जिल्ला हुम्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
दुई पटक भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । बाजुराका प्रमुख जिल्ला अधिकारी श्रीमान पौडेलका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा बिछ्यामा भूकम्प गएको हो ।
भूकम्पको क्षतिबारे अहिलेसम्म जानकारी नआएको उहाँले बताउनुभयो ।
Categorized in राष्ट्रिय