arin enterprises

रियल म्याड्रिड बराबरीमा रोकियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण १४, आइतबार

स्पिेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकेको छ । शनिबार राति म्याड्रिड डर्बीमा रियलले एट्लेटिको म्याड्रिडसँग १–१ गोलको बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो अग्रता एट्लेटिकोले बनाएको थियो । एट्लेटिकोको लागि जोसे मारिया जिमिनेजले ७८ औं मिनेटमा गोल गरेका थिए ।

तर ८५ औं मिनेटमा अल्भारो रोड्रिगेजले गोल गर्दै खेल १–१ गोलको बराबरीमा फर्काएर रियललाई हारबाट जोगाए ।

त्यसअघि ६४ औं मिनेटमा एन्जल कोर्रेयाले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटियको थियो ।

यो बराबरीसँगै २३ खेलमा ५२ अंक जोड्डै रियल तालिकाको दोस्रो स्थानमा रहेको छ ।

एट्लेटिको ४२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स