arin enterprises

मोरक्कोका चर्चित फुटबलर हाकिमीमाथि बलात्कारको आरोप

SamacharDesk | २०७९ फाल्गुण १७, बुधबार

मोरक्कोका चर्चित फुटबलर हाकिमीलाई एक फ्रेन्च महिलाले बलात्कारको आरोप लगाएको छ ।

मोरक्को र फ्रेन्च क्लब पिएसजीका डिफेन्डर अच्रफ हाकिमीले गत फेब्रूअरी २५ मा आप्mनै घरका बलात्कार गरेको आरोप लगाएको थियो ।

२४ वर्षीया महिलाले आफूलाई बलात्कार गरेको आरोप सहित उजुरी दिएपछि फ्रान्सको सम्बन्धित कार्यालयले प्रारम्भिक अनुसन्धान थालिसकेको छ ।

स्पेनमा जन्मेका हाकिमी मोरक्कोले कतारमा भएको विश्वकपको सेमिफाइनलमा पुगेर इतिहास रच्दै चर्चित खेलाडी बनेका थिए ।

मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बनेको थियो । त्यही प्रदर्शनको आधारमा सोमबार साँझ पेरिसमा आयोजित फिफा फुटबल अवार्ड समारोहमा उनी पनि पुगेका थिए ।

आरोपको विषयमा हाकिमी र पिएसजीले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन् ।

Categorized in स्पाेर्ट्स