arin enterprises

एभर्टनमाथि आर्सनलको फराकिलो जित

SamacharDesk | २०७९ फाल्गुण १८, बिहिबार

एभर्टनलाई ४–० ले हराउँदै आर्सनलले इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि यात्रा बलियो पारेको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टीनेलीले दुई गोल गर्दा बकायो साका र मार्टीन ओडेगार्डले एक एक गोल गरे ।

गएराति भएको अर्को खेलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले हरायो । लिभरपुलको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि भर्जिल भान डाइक र मोहोमद सालाहले एक एक गोल गरे ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २५ खेलबाट ६० अंक जोडेको आर्सनल शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ५५ अंक छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर युनाइटेड ४९ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको टोटनह्याम हट्सपरको ४५ अंक छ भने ४१ अंकसहित न्युकासल युनाइटेड पाँचौ स्थानमा छ ।

२४ खेलबाट ३९ अंक जोडेको लिभरपुल तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

Categorized in स्पाेर्ट्स