यू–२० राष्ट्रिय महिला फुटबल टिमको बिदाइ
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण २१, आइतबार

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–२० राष्ट्रिय महिला फुटबल टिमलाई बिदाइ गरेको छ ।
एन्फाले प्यालेस्टाइनमा हुने एएफसी यू–२० महिला एसियन कप–२०२४को छनोट प्रतियोगितामा भाग लिने नेपाली टोलीलाई बिदाइ गरेको हो ।
नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान गर्ने छन् । नेपाल छनोटको समूह ‘बी’ मा छ ।
यो समूहमा नेपालसँगै घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । नेपालले मार्च ८ मा घरेलु टिम प्यालेस्टाइनविरुद्ध खेल्दै छनोट खेलको सुरुआत गर्नेछ ।
मार्च १० मा नेपालले नर्दन मारियाना टापुको सामना गर्नेछ । मार्च १२ मा नेपालले पहिलो चरण छनोटको अन्तिम खेलमा यूएईविरुद्ध खेल्नेछ ।
समूहको शीर्ष स्थानमा रहने टिमले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछ ।
नेपाली टिम
गोलकिपरः कविता विक, सावित्री किसान, लिला जोशी
डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन
Categorized in स्पाेर्ट्स