arin enterprises

राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिने, नवनिर्वाचित राष्ट्रपतिले भोलि शपथ लिने

SamacharDesk | २०७९ फाल्गुण २८, आइतबार

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल गत फागुन २५ गते निर्वाचित भइसक्नु भएको छ ।

दुई कार्यकालसम्म सम्हाल्नु भएका राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजदेखि सकिंदैछ ।

भण्डारी २०७२ साल कात्तिक ११ गते भण्डारी पहिलो पटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो भने २०७४ साल फागुन २९ गते उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो ।

नवनिर्वाचित राष्ट्रपतिमा रामचन्द्र पौडेलले भोलि शपथ लिनुहुनेछ । पौडेलले भोलि कायम मुकायम प्रधानन्यायाधिश हरिकृष्ण कार्कीबाट सपथ लिनु हुनेछ ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई पदभार हस्तान्तरण गरेर राष्ट्रपति भण्डारीले शितलनिवास छाड्नु हुनेछ ।

उहाँ भोलि शितलनिवासबाट बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर २ चपलीस्थित निजी निवासमा सर्ने भण्डारीको सचिवालयले जनाएको छ ।

Categorized in राष्ट्रिय