arin enterprises

फ्रान्समा प्रहरी र ट्रेड युनियनका कर्मचारीबीच झडप

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र ३, शुक्रबार

फ्रान्समा पेन्सन सुधार कार्यक्रमको विरोधमा भएको प्रदर्शनमा प्रहरी र ट्रेड युनियनका कर्मचारीबीच झडप भएको छ ।

बिहीबार फ्रान्सको राजधानी पेरिसमा भएको प्रदर्शनमा प्रदर्शनकारीले ठाउँ–ठाउँमा आगजनी समेत गरेका थिए ।

बिहीबार राजधानी पेरिसबाट १ सय २० जना प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । राजधानी पेरिससहित मुख्य शहरमा दैनिक रूपमा चर्किदै जाँदा सडकमा झडप पनि बढ्दै गएको छ ।

ट्रेड युनियनहरु सरकारले अवकाशको उमेर ६२ बाट बढाएर ६४ बनाउने निर्णय गरेपछि विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

फान्स सरकारले पेन्सन सुधारको प्रस्तावलाई संसदमा समेत नलगी लागू गर्ने निर्णय गरको छ ।

प्रस्ताव पारित गराउन राष्ट्रिय सभामा सरकारको पक्षमा बहुमत नजुट्ने भएपछि सरकारले नियमावली नै संशोधन गरेर सोझै लागू गर्ने बाटो लिएको हो ।

सरकारी प्रस्तावको अधिकांश विपक्षी दलहरुले पनि विरोध गरेका छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोनले प्रदर्शनकारीहरुलाई सुविधा कटौती नहुने आश्वासन दिँदा पनि प्रदर्शन थामिने संकेत देखिएको छैन ।

Categorized in स्पाेर्ट्स