arin enterprises

“पृथ्वीका लागि रुख” नाराका साथ विश्व पृथ्वी दिवस मनाईंदै

SamacharDesk | २०८० बैशाख ९, शनिबार

“पृथ्वीका लागि रुख” नाराका साथ विश्व पृथ्वी दिवस १९२ भन्दा बढी राष्ट्रहरुमा आज अर्थात अप्रिल २२ का दिन विविध कार्यक्रम गरी मनाइरहेको छ ।

विश्व पृथ्वी दिवसलाई अन्तर्राष्ट्रिय आमा दिवस पनि भनिन्छ। पृथ्वी दिवस मनाउनुको उद्देश्य वातावरण संरक्षण र वातावरणलाई कसरी क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने बारे मानिसहरूलाई सचेत गराउनु हो।

वातावरण संरक्षणमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पृथ्वीको शोषण गर्नुभन्दा पनि यसको संरक्षणमा ध्यान केन्द्रित गर्नु हो । र, सकेसम्म दिगो र पर्यावरणमैत्री जीवन जिउनु हो ताकि पृथ्वी हामी जस्तै सुखी र फुलिरहोस् ।

पृथ्वी दिवस एउटा यस्तो दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो। सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए।

तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे। त्यस दिन देखि आज सम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरि नै बिश्व पृथ्वी दिवस  मनाउँदै आएको छ ।

यसले वातावरण संरक्षणका लागि मानिसहरूलाई एकजुट हुन प्रोत्साहित गर्ने उद्देश्य राखेको छ । हाम्रो बदलिंदै गएको पर्यावरणका सम्बन्धमा गम्भीर चासोका साथ अध्ययनहरू भैरहेका छन् ।

पृथ्वी दिवसको अवसरमा मानिसहरू वातावरणमा हुने क्षति घटाउन दिगो विधि अपनाउने प्रतिज्ञा गर्छन् । बढ्दो तापक्रम र प्राकृतिक स्रोतहरूको ह्राससँगै ग्लोबल वार्मिङ एउटा गम्भीर समस्या हो ।

वन फँडानी र विभिन्न प्रजातिका जनावर, चराचुरुगिं तथा कीराहरू लोपोन्मुख बन्दै गएपछि स्थिति चिन्ताजनक हुन थालेको हो । त्यसैले यो वातावरण संरक्षणमा लगानी गर्ने उपयुक्त समय पनि हो ।

पृथ्वीमा अहिले बढ्दो जनसङ्ख्या, माटोको क्षय, जलवायु परिवर्तन, वन तथा पानीको कटान, वायु प्रदुषण जस्ता धेरै समस्याहरू छन् । वातावरण संरक्षणका लागि यो महत्त्वपूर्ण दिन हो ।

Categorized in राष्ट्रिय