arin enterprises

लिभरपुलले टोटेनहमलाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १८, सोमबार

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले टोटेनहमलाई हराएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ४–३ गोलले हराएको हो ।

लिभरपुरको घरेलु मैदान एनफिल्ड स्टेडियमा भएको खेलको तेस्रो मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

लुइस डियाजले पाँचौं मिनेटमा गोल गर्दा लिभरपुलको अग्रता दोब्बर बन्यो । १५ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुल ३–०ले अघि रह्यो ।

ह्यारी केनले ३९ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा टोटेनहम ३–१ को स्थितिमा आयो ।

खेलको ७७ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ३–२ को स्थितिमा ल्याए ।

दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा रिचार्लिसनले गोल गर्दै खेल ३–३ गोलको बराबरीमा ल्याइ टोटेनहमलाई खेलमा फर्काए ।

त्यसपछि इन्जुरी समयको चौंथो मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई ४–३ को जित दिलाए ।

यो जितसँगै लिभरपुलले ३३ खेलमा ५६ अंक जोड्डै पाँचौं स्थानमा रहेको छ ।

यस्तै टोटेनहम ५४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स