arin enterprises

बायर्नले जित्यो बुन्डेसलिगाको उपाधि

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १३, शनिबार

बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । शनिबार भएको अन्तिम लिग खेलमा कोल्नलाई हराउँदै ३४ खेलमा ७१ अंक जोडेर बायर्न च्याम्पियन बनेको हो ।

बायर्न २०११/१२ को सिजनपछि लगातार च्याम्पियन हुँदै आएको छ । योसँगै लगातार ११ औं पटक बुन्डेसलिगाको उपाधि जितेको बायर्नको यो ३२ औं बुन्डेसलिगा उपाधि हो ।

शनिबार कोल्नको घरेलु मैदानमा भएको खेलममा बायर्नले कोल्नलाई २–१ ले हराएको थियो ।

खेलको आठौं मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ८१ औं मिनेटमा डेजानले गोल गर्दै कोल्नलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि जमल मुसिआलाले ८९ औं मिनेटमा गोल गर्दै बायर्नलाई २–१ को जित दिलाएको थियो ।

यस्तै दोस्रो स्थानको बोरुसिया डर्टमण्डले पनि ७१ अंक रहेको छ । तर, गोल अन्तरले बायर्न अघि रहदै च्याम्पियन बनेको हो ।

शनिबार नै भएको अन्तिम खेलमा डर्टमण्ड मैन्जसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

यसअघि बायर्न भन्दा दुई अंकले अघि रहेको डर्टमण्ड अन्तिम खेलमा बराबरीमा रोकिएपछि उपाधि आफ्नो नाममा गर्न चुकेको हो ।

Categorized in स्पाेर्ट्स