विश्व महिला स्वास्थ्य अधिकार दिवस मनाईंदै
SamacharDesk – Ram Dangol | २०८० जेठ १४, आइतबार

आज विश्व महिला स्वास्थ्य दिवसको अवसरमा नेपाल लगायत विश्वभर मनाईरहेको छ ।
महिला स्वस्थ रहे मात्र विश्व स्वस्थ हुनसक्छ । महिला र किशोरीको न्यायको लागि र यौन तथा प्रजनन स्वास्थ्य सुनिश्चित गर्न संसार भरकै अधिकारर्मीहरुले आफ्नो आवाज बलियो बनाउन मे २८ लाई अन्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको रुपमा मनाउदै आईरहेका छन् ।
सन् १९८७, मे २८ मा यो दिवसको सुरुवात संगै, महिलाको स्वास्थ्य संग सरोकार राख्ने संस्थाहरुले वार्षिक अभियानको रुपमा यो दिवस मनाउँदै आईरहेका छन् ।
महिलाहरुको स्वास्थ्यप्रति लक्षित “मेरो शरीर, मेरो अधिकार” नारा तब मात्र सार्थक हुन्छ जब महिलामाथि भएको संरचनात्मक विभेद र असमान शक्ति सम्बन्धको कारण उत्पन्न भएको लैंगिक हिंसा अन्त्य हुन्छ । तब एउटी महिलाले आफ्नो शरीरमाथि आफ्नो नियन्त्रण कायम गर्न सक्छन् ।
महिलाको आफ्नो शरीरमाथि आफ्नो नियन्त्रण कायम गर्न सक्ने वातावरण भए मात्र महिलाहरु स्वस्थ रहन सक्छन् । महिलाहरुको लागि विशेष गरेर यौन तथा प्रजनन स्वास्थ्य अधिकारको अवस्था जस्तो हुनु पर्ने त्यस्तो छैन ।
ओरेकले विगत ३० वर्ष देखि महिलाको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न स्वः हेरचाह, मेरो शरीर मेरो अधिकार तथा महिलाको स्वास्थ्य समस्याको पहिचान र सम्बोधनका लागि सरोकारवालाहरुसंग नीतिगत पैरवी तथा छलफलका कार्यक्रमहरु गर्दै आईरहेको छ।
प्रजनन स्वास्थ्य निरपेक्ष विषय नभई जीवनका धेरै विषयसँग जोडिएको बहुआयामिक तथा नैसर्गिक अधिकारको विषय भएको हुनाले कुनै पनि संकट वा संक्रमणको कारण प्रजनन स्वास्थ्य सेवाबाट बञ्चित हुनुहुन्न भन्ने मान्यता नै यसको बलियो पक्ष हो ।
त्यसैले सरकारले यसलाई प्राथमिकता दिन सकेन भन्ने यसबाट हुने क्षति अपूरणीय हुनेछ । विश्व महामारीको समयमा प्रजनन, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाको लागि अन्तरिम मार्गनिर्देशन २०७७ जारी गरेको छ । जसमा प्रमुख रूपमा प्रजनन स्वास्थ्य सेवाको व्यवस्थापन गर्नुपर्ने कुरा उल्लेख गरेको छ ।
विगतमा कोभिडको सक्रमणबाठ हो वा सुरक्षित प्रजनन नभएर होस् नेपालमा महिला मृत्युदर दिनदिन बढ्दै गइरहेको ओरेकको तथ्यांक छ । नेपालको परिवेशमा हेर्ने हो भने स्वास्थ्य सेवाहरु देशका मुख्य मुख्य सहरमा मात्र सीमित हुँदा विभिन्न महिला स्वास्थ्यका कारण रोगहरु पालिराख्न बाध्य छन् ।
महिलाहरुको मृत्युदर पनि त्यही अनुरुप वृद्धि भइरहेको देखिन्छ । तसर्थ सरकारले स्वास्थ्यको पहुँच केन्द्रमुखी मात्र नभई गाउँगाउँसम्म पैmलाउन जरुरी छ । नेपालमा दुर्गम गाउँका महिलाहरु आर्थिक अभावले न्यूनतम स्वास्थ्य उपचारबाट समेत बन्चित हुनुपरेको अवस्था छ ।
त्यसकारण सरकारी तवरबाटै त्यस्ता दुर्गम क्षेत्रमा स्वास्थ्य क्षेत्रमा बढी भन्दा बढी बजेट विनियोजन गर्नुपर्दछ । त्यस्तै निजी क्षेत्रका अस्पतालहरुलाई पनि सरकारले सहुलियत दिएर भए पनि दुर्गम जनताको आर्थिक पहुँच पुग्ने मापदण्डमा सेवा विस्तार गर्न प्रेरित गर्नुपर्दछ।
Categorized in राष्ट्रिय