arin enterprises

आफ्नो देशमा कामगर्ने जर्मन नागरिकलाई निष्कासन गर्ने रुसको निर्णय

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १४, आइतबार

आगामी महिना रुसले आफ्नो देशको शिक्षा र सांस्कृतिक क्षेत्रमा काम गर्ने जर्मन नागकिरलाई निष्कासन गर्ने निर्णय गरेको छ ।

रुसले मस्कोको विभिन्न विद्यालयमा शिक्षकका रुपमा कार्यरत जर्मनी कर्मचारी हटाउने निर्णय गरेको जर्मन विदेश मन्त्रालयके जनाएको हो ।

रुस र युक्रेनबीचको युद्ध सुरु भएयता युरोपेली संघमा आवद्ध राष्ट्रहरुले रुसी कुटनितिज्ञलाई देश निकाला गरेपछी रुसले पनि आफना देशमा कार्यरत विदेशी कर्मचारीलाई निस्कासन गर्ने कदम चालेको हो ।

गत महिना रुस र जर्मनीले आ–आफनो दुताबासका ४० जना कर्मचारी निस्कासन गरेका थिए । 

केही दिन अघि जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनलाई हतियार पठाउने निर्णय गरेपछी जर्मनीको विदेश नितीमा प्रभाव परेको थियो ।

Categorized in अन्तर्राष्ट्रिय