रियल म्याड्रिड सर्वाधिक मूल्यवान फुटबल क्लब
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १९, शुक्रबार

स्पेनिस क्लब रियल म्याड्रिड सर्वाधिक मूल्यवान फुटबल क्लब बनेको छ ।
फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूचीअनुसार ला लिगा क्लब रियल सर्वाधिक मूल्यवान क्लब बनेको हो । फोर्ब्सको अनुसार रियलको मूल्य ६.०७ बिलियन अमेरिकी डलर रहेको छ ।
दोस्रो स्थानमा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड रहेको छ । युनाईटेडको मूल्य ६ बिलियन अमेरिकी डलर रहेको छ ।
५.५१ बिलियन अमेरिकी डलर मुल्य सहित स्पेनिस क्लब बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।
मूल्यवान फुटबल क्लबहरूको सूची
१ रियल म्याड्रिड : ६.०७ बिलियन अमेरिकी डलर
२ म्यानचेस्टर युनाईटेड : ६ बिलियन अमेरिकी डलर
३ बार्सिलोना : ५.५१ बिलियन डलर
४ लिभरपुल : ५.२९ बिलियन डलर
५ म्यानचेस्टर सिटी : ४.९९ बिलियन डलर
६ बायर्न म्युनिख : ४.८६ बिलियन डलर
७ पेरिस सेन्ट–जर्मेन : ४.२१ बिलियन डलर
८ चेल्सी : ३.१ बिलियन डलर
९ टोटेनहम : २.८ बिलियन डलर
१० आर्सनल : २.२६ बिलियन डलर
Categorized in स्पाेर्ट्स