इब्राहिमोविचले एसी मिलान छाड्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २१, आइतबार

इटालियन क्लब एसी मिलानका फरवार्ड जाल्टन इब्राहिमोविचले क्लब छाड्ने भएका छन् । एसीले स्विडिस् फरवार्डले क्लब छाड्ने पुष्टि गरेको छ ।
इब्राहिमोविचको सम्झौता जुनको अन्तिमबाट सकिदैछ ।४१ वर्षीय फरवार्डले मिलानका लागि आइतबार हेलास भेरोनाविरुद्ध अन्तिम खेल खेल्नेछ ।
उही सरी ए अन्तर्गतको खेलमा इब्राहिमोविचको बिदाइ समारोह राखिएको छ ।
इब्राहिमोविच सन् २०१९ मा मिलान फर्किएका थिए । गत सिजन उनले मिलानलाई सिरी ए को उपाधि दिलाउन मुख्य भुमिका निर्वाह गरेका थिए ।
Categorized in स्पाेर्ट्स