युक्रेनको अझै धेरै भुमि कब्जा गर्ने राष्ट्रपति पुटिनको घोषणा
SamacharDesk | २०८० जेठ ३१, बुधबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने घोषणा गरेका छन् ।
प्रत्याक्रमणमा उत्रिएको युक्रेनी सेनाले ठूलो क्षति ब्यहोरेको दाबी गर्दै अझै धेरै भूमि कब्जा गरेर रुसलाई सुरक्षित राख्ने राष्ट्रपति पुटिनले बताए ।
लामो समयपछि मिडियामा आएका पुटिनले पछिल्ला दिनमा युक्रेनका १ सय ६० वटा ट्यांक र ३ सय ६० वटा युद्ध सामग्रीसहितका साधन ध्वस्त गरेको जानकारी दिए ।
यस्तै उनले युक्रेनी प्रत्याक्रमणबाट रुसका ५४ वटा साधन नष्ट भएको पनि जिकीर गरे ।
पुटिनले युक्रेन विरुद्धको युद्धमा अहिलेसम्म रुसले आंशिक सेना परिचालन मात्रै गरेको उल्लेख गरे ।
युक्रेन विरुद्ध अहिलेको अवस्थामा सेना थप्नु पर्ने जरुरी नदेखिएको भन्दै उनले थप उपब्धिका लागि अघि बढ्नु परे मात्रै सेना थपिने जनकारी दिए ।
यस्तै सिमावर्ती क्षेत्रमा युक्रेन समर्थित लडाकुहरुले गरेको आक्रमणप्रति संकेत गर्दै पुटिनले जिस्क्याउन खोज्नेहरुलाई ठेगान लगाइने चेतावनी समेत दिएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय