arin enterprises

क्रोएसिया नेसन्स लिगको फाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ३२, बिहिबार

क्रोएसिया यूईएफए नेसन्स लिगको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनलमा नेदरल्यान्ड्सलाई ४–२ गोलले हराउँदै क्रोएसिया फाइनल पुगेको हो ।

क्रोएसियाले एक गोलको अग्रता उल्टाएर नेदरल्यान्ड्सलाई हराएको हो ।

नेदरल्यान्डको फेयेनूर्ड स्टेडियममा भएको खेलको ३४ औं मिनेटमा डोनएल मालनले गोल गर्दा नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ १–०ले पछि परेको क्रोएसिया दोस्रो हाफ देखि खेलमा फर्क्यो।

दोस्रो हाफको ५५ औं मिनेटमा आन्द्रेज क्रमारीचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याए । ७२ औं मिनेटमा मारियो पासालीचले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा नोया लांगले गोल गर्दा  नेदरल्यान्ड्सलाई २–२ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको ९८ औं मिनेटमा ब्रुनो पेट्कोभिचले गोल गर्दा क्रोएसिया ३–२ ले अघि रह्यो ।

त्यसपछि क्रोएसियन कप्टान लुका मोड्रिचले  ११६ औं मिनेटमा गोल गर्दै क्रोएसियालाई ४–२ को अग्रता जित दिलाए ।

खेलको बाँकि समयमा अरु गोल नहुँदा खेल क्रोएसियाले जित्यो ।

अब क्रोएसियाले फाइनलमा उपाधिका लागि इटाली र स्पेनबीचको विजेतासँग खेल्नेछ ।

फाइनल खेल १९ जुलाइमा नेदरल्यान्डको डे कुइपमा हुनेछ ।

Categorized in स्पाेर्ट्स