arin enterprises

फाइनलमा स्पेन र क्रोएसिया भिड्ने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ १, शुक्रबार

यूईएफए नेसन्स लिगको फाइनलमा स्पेन र क्रोएसिया भिड्ने भएको छ ।

सेमिफाइनलमा इटालीलाई हराउँदै स्पेन फाइनल पुगेपछि स्पेन र क्रोएसिया भिड्ने टुंगो लागेको हो ।

बिहीबार राति भएको सेमिफाइनल खेलमा स्पेनले इटालीलाई २–१ गोलले हराएको थियो ।

खेलको तेस्रो मिनेटमा एरेमी पिनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ११ औं मिनेटमा सिरो इमोबाइलले गोल गर्दै इटालीलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा जोसेलुले गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए । 

फाइनल खेल १८ जुन आइतबार हुनेछ । 

Categorized in स्पाेर्ट्स