arin enterprises

बेल्जियम बराबरीमा रोकियो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ ३, आइतबार

युरोकप छनोटमा बेल्जियम बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बेल्जियमले अष्ट्रियासँग १–१ गोलको बराबरी खेलेको हो ।

बेल्जियमको किंग बाउडोइन स्टेडियममा भएको ६२ औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियम हारबाट जोगिएको थियो ।

त्यसअघि खेलको २१ औं मिनेटमा बेल्जियमका ओरेल मंगलाले आत्मघाती गोल गर्दै अष्ट्रियालाई सुरुआती अग्रता दिलाएका थिए ।

यो बराबरीसँगै बेल्जियमले २ खेलमा ४ अंक जोड्डै दोस्रो स्थानमा रहेको छ ।

समूह ‘एफ’ अष्ट्रिया ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । 

Categorized in स्पाेर्ट्स