arin enterprises

युएइएफए नेसन्स लिगको उपाधि स्पेनलाई

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ ४, सोमबार

युएइएफए नेसन्स लिगको उपाधि स्पेनले जितेको छ ।

आइतबार राति भएको उपाधि भिडन्तमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले  पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो ।

नेदरल्याण्डका फेयेनुर्ड स्टेडियममा भएको खेलको निर्धारित र एक्स्ट्रा समयको खेल गोलरहित बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा स्पेनले बाजी मार्‍यो।

पेनाल्टीमा स्पेनका लागि जोसेलु, रोड्री, मिकेल मेरिनो, मार्को एसेन्सियो र डानी कार्भाजलले गोल गर्दा एम्रिक लापोर्टे भने चुकेका थिए ।

यता, क्रोएसियाका निकोला भ्लासिच, मार्सेलो ब्रिजोभिच,लुका मोड्रिच र इभान पेरिसिचले गोल गरे । तर, लोभ्रो माजेर र ब्रुनो पेट्कोभिच पेनाल्टीमा चुकेपछि क्रोएसिया उपविजेतामै समेटिएको हो ।

युरो २०१२ को उपाधिपछि स्पेनले ११ वर्षयता यो पहिलो अन्तर्राष्ट्रिय ट्रफी हो । 

Categorized in स्पाेर्ट्स