आदिपुरुषविरुद्ध मुद्दा दर्ता
SamacharDesk | २०८० आषाढ ४, सोमबार

दक्षिण भारतीय फिल्म आदिपुरुषको भारतमै चर्को विरोध भएको छ ।
ऐतिहासिक ग्रन्थ रामायणमा आधारित भनिएको फिल्म रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको भन्दै भारतमा विरोध चर्किएको हो ।
विभिन्न हिन्दू संघ संगठनले उक्त फिल्म विरुद्ध मुद्धा दर्ता गराएका छन् । अखिल भारतीय हिन्दू महासभाले फिल्म प्रदर्शनमै रोक लगाउन माग गर्दै मुद्धा दर्ता गरेको हो ।
महासभाका महासचिव शिशिर चतुर्वेदीले फिल्मले हिन्दू संवेदनशीलतामाथि प्रहार गरेको, रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको आरोप लगाउनु भएको छ ।
उता, फिल्मका संवाद लेखक मनोज मुन्तसिर शुक्लाले फिल्मका केही संवादहरु परिवर्तन गर्ने निर्णय भएको बताएका छन् ।
यसै साताभित्र संवादहरु परिमार्जन गरिसक्ने भन्दै उनले मानिसको संवेदनशीलता भन्दा ठूलो अरु केही हुदैन भन्ने आफूहरुले बुझेको बताएका छन् ।
रामायणका विशेष महत्वपूर्ण पात्र हनुमान मार्फत प्रयोग गराइएका संवादको पनि ब्यापक आलोचना भएको छ ।
Categorized in अन्तर्राष्ट्रिय