arin enterprises

युक्रेनमा बाँध फुट्दा आएको बाढीमा १६ जनाकोे मृत्यु

SamacharDesk | २०८० आषाढ ५, मंगलबार

युक्रेनमा खोकवका बाँध फुट्दा आएको बाढीमा १६ जनाकोे मृत्यु भएको छ ।

युक्रेन रुस युद्धकाबीच गत जुन ६ मा क्षतिग्रस्त भएको पानीको बाँध फुट्दा दर्जन बदिको मृत्यु हुनुको साथै ३१ जना बेपत्ता भएका हुन् ।

बाँध फुटेपछी आएको बाढीका कारण १४ लाख मानिसको ज्यान जोखिममा परेको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सो बाँध भत्केपछि दर्जनौ गाउँका १३ सय घर डुबानमा परी पुर्ण रुपले क्षतिग्रस्त भएका छन् ।

बाँध फुटेर जोखिममा परेका ३ हजार ६ सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बाढीको प्रभाव युक्रेनको खेरसान, निप्रोपेत्रोस्क लगायत मिकोलेव शहरमा समेत परेको छ ।

युद्धको चपेटामा परेको युक्रेनी नागरिक बाढीले थप मारमा परेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय