जोसेलु रियल म्याड्रिडमा अनुबन्धीत
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ ५, मंगलबार

जोसेलुलाई स्पेनिस क्लब रियल म्याड्रिडले अनुबन्ध गरेको छ ।
रियलले स्पानियोलबाट फरवार्ड जोसेलुलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
रियलले सोमबार एक विज्ञप्ति निकाल्दै ३३ वर्षीय जोसेलुलाई लोनमा अनुबन्ध गरिएको जनाएको छ ।
उनी ११ वर्षपछि रियल फर्किएका हुन् । सन् २००९ मा रियलको एकेडेमी भर्ना भएका जोसेलुले सन् २०११ मा रियलको सिनियर टोलीमा डेब्यु गरेका थिए ।
उनी सन् २०१२ मा रियल छाडेर होफेनहाइममा आबद्द भएका थिए ।
यस्तै जोसेलुले स्पेनको लागि ४ खेलमा ३ गोल गरिसकेका छन् ।
Categorized in स्पाेर्ट्स