अनिलकेशरी शाह रास्वपा प्रवेश
SamacharDesk | २०८० आषाढ ७, बिहिबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ ।
पार्टीको स्थापना दिवसको आवसरमा आज नयाँ पार्टी कार्यालय बालाजुस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसेको हो ।
दिवसका अवसरमा आज विभिन्न राजनीतिक दल तथा पदाधिकारीसँगको छलफलको कार्यक्रमसमेत रहेको जनाएको छ ।
यसैबीच पार्टीको स्थापना दिवसको अवसरमा पूर्व बैंकर अनिल केशरी शाह पार्टी प्रवेश गर्नुभएको छ । उहाँलाई पार्टी सभापति रवि लामिछानेले पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरे ।
उहाँलाई आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पनि सुम्पेको छ ।
शाह नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत समेत हुनुहुन्थ्यो ।
बिहीबार दिउँसो १ बजेदेखि ५ बजेसम्म नयाँ केन्द्रीय कार्यालयमा रास्वपाले चियापान कार्यक्रम पनि राखेको छ ।
Categorized in राजनीति