मोरिन्होलाई चार खेलको प्रतिबन्ध
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ ७, बिहिबार

इटालियन क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई चार खेलको प्रतिबन्ध लगाएको छ ।
इंग्लिस रेफ्री एन्थोनी टेलरलाई गालीगलौच गरेको आरोपमा मोरिन्होलाई यूईएफएले चार खेलको प्रतिबन्ध लागेको हो ।
उनले युरोपा लिगको फाइनल खेल दौरान रेफ्री टेलरलाई गालीगलौच गरेका थिए । उक्त खेलमा सेभियाले रोमालाई पेनाल्टीमा हराउँदै च्याम्पियन बनेको थियो ।
त्यही खेलमा रेफ्रीविरुद्ध बोलेपछि मोरिन्होलाई टेलरले पहेलो कार्ड देखाएका थिए । मोरिन्होले खेलपछिको पत्रकार सम्मेलनमा टेलरको आलोचना समेत गरेका थिए ।
यस्तै यूईएफएले आगामी सिजन एक युरोपियन खेलमा आफ्ना समर्थकलाई टिकट बेच्न प्रतिबन्ध समेत लगाएसँगै रोमालाई ५५ हजार युरो जरिवाना तिराएको छ ।
Categorized in स्पाेर्ट्स