arin enterprises

महानगरविरुद्ध उच्च अदालतको अन्तरिम आदेश

SamacharDesk | २०८० आषाढ ७, बिहिबार

नेपाल चलचित्र संघले दायर गरेको रिटमा आज न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले अन्तरिम आदेश दिएको छ ।

हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्णयविरू परेकोे रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको हो ।

उच्च अदालतले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अल्पकालीन आदेशसँगै विपक्षीसँग छलफल गर्न अदालतले असार १२ गते दुवै पक्षलाई बोलाएको छ ।

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरका मेयर शाहले गत सोमबारदेखि प्रदर्शनमा रोक लगाउनुभएको थियो । बालेन्द्रको उक्त निर्णयविरुद्ध चलचित्र संघ अदालत गएको थियो ।

यसैबीच अदालतको आदेश आएलगत्तै मेयर शाहले संघ सरकार र अदालतलाई भारतको ‘गुलाम’ भएको टिप्पणी गर्नुभएको छ ।

देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा आफू कानुन र अदालतको आदेश मान्ने पक्षमा नरहेको उहाँको तर्क छ । उहाँले सिनेमा चल्न नदिने सामाजिक सञ्जालमा लेखेपछि उक्त सिनेमा काठमाडौंका हलमा चल्न सकेन ।

पोखरा महानगरपालिका र धरान उपमहानगर पालिकाका मेयरले पनि सिनेमा चल्न रोक लगाएका छन् । यदि अदालतको आदेश अनुसार चलचित्र चल्न नदिएमा मेयर शाहमाथि नैतिक प्रश्न उठ्न सक्छ ।

अदालतको आदेश रोकेमा मानहानी मुद्दा लाग्न सक्छ ।

Categorized in स्थानीय