जमैकन स्ट्राइकर रिचार्ड्स चेल्सीमा अनुबन्धीत
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ ११, सोमबार

इंग्लीस क्लब चेल्सीले जमैकन युवा स्ट्राइकर डुजन रिचर्ड्सलाई अनुबन्ध गरेको छ ।
चेल्सीले जमैकाको फोनेस्क अल स्टार्स एकेडेमीबाट १७ वर्षीय स्ट्राइकर रिचर्ड्सलाई अनुबन्ध गरेको हो ।
उनी आगामी अक्टोबरमा १८ वर्ष पुग्नेछन् । त्यसपछि रिचर्ड्स चेल्सीमा औपचारिक रुपमा अनुबन्धित हुनेछन् ।
रिचर्ड्सले गत मार्चमा जमैकाको सिनियर टोलीमा डेब्यु गरेका थिए ।
रिचर्ड्स कोन्काकाफ गोल्डकप खेल्ने जमैकाको टोलीमा रहेका छन् ।
Categorized in स्पाेर्ट्स