arin enterprises

किबन राई बने इंग्लिस फुटबलसँग सम्झौता गर्ने पहिलो नेपाली पुरुष खेलाडि

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ १२, मंगलबार

किबन राई इंग्लिस फुटबलसँग व्यवसायिक सम्झौता गर्ने पहिलो नेपाली मूलका पुरुष खेलाडी भएका छन् ।

मिडफिल्डर राईले इंग्लिस लिग–२ क्लब न्यूपोर्टसँग सम्झौता गरेका हुन् । उनीसँग न्यूपोर्टले यो सिजन सम्झौता गरेको हो ।

नेपाली मूलकी महिला खेलाडि तर्फ अस्मिता आले इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमबाट खेल्ने गर्छिन् ।

न्यूपोर्टले इंग्ल्यान्डको एफए कप र लिग–२ खेल्ने गर्छ । लिग–२ इंग्ल्यान्डको चौथो डिभिजनको व्यवसायिक लिग हो ।

न्यूपोर्टका लागि यू–१५ स्तरमा प्रतिस्पर्धा गरिसकेका १८ वर्षीय राईले गत मार्चमा न्यूपोर्टको सिनियर टिममा डेब्यू गरेका थिए ।

न्यूपोर्टसँगको सम्झौतापछि राईले आफ्नो सम्झौताले नेपाली मूल तथा नेपालका युवा खेलाडीका लागि प्रोत्साहन मिल्ने बताए ।

लिग–२ बाट बढुवा भएपछि लिग–१ मा प्रतिस्पर्धा गर्ने पाइन्छ । यस्तै लिग–१ बाट भए दोस्रो डिभिजनको लिग च्याम्पियनसिपमा पुगिनेछ भने च्याम्पियनसिपबाट बढुवा भएर प्रिमियर लिगमा पुगिन्छ ।

सन् २०२३–२४ को लिग–२ मा २४ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

Categorized in स्पाेर्ट्स