बकर इद पर्व मनाउँदै
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ १४, बिहिबार

मुस्लिम धर्मावलम्बीहरु आज बकर इद पर्व मनाउँदैछन् । मुस्लिम समुदायले यो पर्व अरबी पात्रो अनुसार रमजानको ७०औँ दिनमा मनाउने गर्दछन् ।
आजको दिन अल्लालाई खुसी पार्न मुस्लिमहरु जनावरको कुर्बानी गर्ने अर्थात बली दिने गर्दछन् ।
अल्लाका दूत इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट छोरा प्राप्त गरेपछि अल्लाहलाई खुशी पार्न बली दिएर यो पर्व मनाउने थालेको विश्वास रहेको छ ।
बली दिएको जनावरको मासु तीन भाग लगाएर एक भाग गरिबलाई अर्को भाग इष्टमित्रलाई र एक भाग आफूले खाने चलन रहेको छ ।
यस्तै बकर इदमा आर्थिक रूपमा सबल मुस्लिमहरु भने साउदी अरबको मक्कामा गइ हज गर्ने गर्दछन् । यो पर्व नेपालबाट एक हजार चार सय ४४ जना हज गर्न साउदीको मक्का पुगेका छन् ।
हजयात्रीहरुका लागि सरकारले नै रकम दिने गरेको छ ।
सरकारले यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।
Categorized in संस्कृति