arin enterprises

म्याडिसन टोटनहमान अनुबन्धित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ १४, बिहिबार

इंग्लिस क्लब टोटेनहमले इंग्ल्यान्डका मिडफिल्डर जेम्स म्याडिसनलाई अनुबन्ध गरेको छ ।

म्याडिसनलाई लेस्टर सिटीबाट ४० मिलियन पाउन्डमा टोटेनहमले अनुबन्ध गरेको हो । २६ वर्षीय म्याडिसनले टोटेनहमसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

म्याडिसन सन् २०१८ मा नर्विचबाट लेस्टर आएका थिए । गत सिजन लेस्टर रेलिगेसनमा परेपछि म्याडिसनले क्लब छाडेका हुन् ।

लेस्टर रेलिगेसनमा परेको सिजन उनले १० प्रिमियर लिग गोल गरेका थिए ।

म्याडिसनले लेस्टरका लागि २०३ खेल खेल्दै लागि एफए कप जितेका थिए ।

इंग्ल्यान्डका लागि उनले ३ खेल खेलेका छन् ।

Categorized in स्पाेर्ट्स