arin enterprises

डिक्लान राइस अनुबन्ध गर्न आर्सनल सहमत

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ १४, बिहिबार

आर्सनलले इंग्ल्यान्डका मिडफिल्डर डिक्लान राइस अनुबन्ध गर्न सहमत जनाएको छ ।

इंग्लीस क्लब वेस्ट ह्यामका २४ वर्षीय मिडफिल्डरलाई १ सय ५ मिलियन पाउन्डमा अनुबन्ध गर्न आर्सनल सहमत भएको बीबीसीले जनाएको हो ।

उनलाई अनुबन्धका लागि आर्सनलले तेस्रो पटक प्रस्ताव गरेको हो । अघिल्ला दुई प्रस्ताव वेस्ट ह्यामले अस्विकार गरेको थियो ।

राइस अनुबन्धका लागि म्यानचेस्टर सिटीले समेत चाँसो देखाएको थियो । तर, सिटीले राइस अनुबन्धको दौडबाट हात झिकेको थियो ।

उनी सन् २०१४ मा चेल्सीको एकेडेमीबाट वेस्ट ह्याम आएका थिए ।

राइस वेस्ट ह्यामले हालै युरोपा कन्फरेन्स लिगको उपाधि जित्दा टोलीका महत्वपूर्ण सदस्यरुपमा थिए ।

राइसले वेस्ट ह्यामका लागि २ सय ४५ खेल्दै १५ गोल गरेका छन् ।

Categorized in स्पाेर्ट्स