फ्रान्समा हिंसात्मक विरोध चर्कियो
SamacharDesk | २०८० आषाढ १४, बिहिबार

फ्रान्समा हिंसात्मक विरोध चर्किएको छ । फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि हिंसात्मक विरोध चर्किएको हो ।
फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले रातभरि भएको प्रदर्शनका क्रममा १ सय ५० जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
उनले एक ट्वीटमा गर्दै रातभर प्रदर्शनकारीहरुले देशभरका स्कूल, टाउन हल र प्रहरी स्टेशनहरुलाई निशाना बनाएको दावी गरेका छ ।
मंगलबार फ्रान्समा प्रहरीले नाहेल एम नामक १७ वर्षीय युवकलाई ट्राफिक जाँचका लागि नरोकेपछि गोली हानेको थियो ।
प्रहरीले सुरुमा युवकले प्रहरीलाई चोट पुर्याउने उद्देश्यले प्रहरीतर्फ कार चलाएको बताएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । तर उक्त दुर्घटनाको फुटेजमा एक प्रहरी अधिकारीले कारको झ्यालबाट युवकलाई पेस्तोल तानेर नजिकबाट गोली हानेको देखिएको बीबीसीले उल्लेख गरेको छ ।
यस्तै गत वर्ष ट्राफिक नियम नमान्दा १३ जनाको ज्यान गएको थियो । अन्तराष्ट्रिय संचार माध्यमका अनुसार सन् २०१७ यता फ्रान्सेली प्रहरीको गोलीबाट ज्यान गुमाउने अधिकांश अश्वेत वा अरब मूलका रहेको पत्ता लगाएको छ ।
यस्तै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोणले सञ्चारकर्मीहरुसँग कुरा गर्दै गोलीबारी ‘अक्षम्य’ भएको र युवाको मृत्युलाई कुनै पनि कुराले न्याय दिन नसक्ने बताए ।
Categorized in अन्तर्राष्ट्रिय