arin enterprises

चाँगुमा हरिशयनी एकादशी मेला

SamacharDesk – आभास राजोपाध्याय | २०८० आषाढ १४, बिहिबार

आज हरिशयनी एकादशीका दिन देशभरका नारायण मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । अन्य नारायण मन्दिरहरूमाझ चाँगुनारायणमा पनि आज दिनभर मेला लागेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत यस मन्दिरमा आज पहिलेभन्दा भीड लागेको भक्तजन बताउँछन् ।

‘पहिले–पहिलेभन्दा यसपटक धेरै भीड बढेको छ, आज मुस्लिम समुदायको बकर–ए–इदको सार्वजनिक बिदाका कारण पनि भीड बढेको देखिन्छ’ मन्दिरका पालोवाला जगत् नारायण भँडेल बताउँछन् ।

यसैैबीच भक्तपुरबाट चाँगु पुग्ने सडक विस्तारको काम अघि बढ्दा भक्तपुरतर्फ बाटो धूलाम्मे र हिलो, बालुवाका कारण चिप्लो भएको सर्वसाधारणको गुनासो छ ।

आजबाट भगवान् नारायण चार महिनासम्म क्षीरसागरमा शयन गर्नुहुने धार्मिक मान्यता छ ।

यससँगै चतुर्मास व्रत पनि आरम्भ भएको छ ।

फोटो ग्यालरी : हरिशयनी एकादशीमा चाँगु नारायणः फोटो फिचर
Categorized in संस्कृति